नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई आगामी १ माघ गतेबाट अनिवार्य रूपमा ‘गो–एएमएल’ मा जान निर्देशन दिएको छ । राष्ट्र बैंकले एन्टी मनि लाउन्ड्रिङ सिस्टम –एएमएललाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो । एमएलमा कार्यान्वयन गर्न आलटाल गरेको भन्दै राष्ट्र बैंकले मिति नै तोकेर सम्पत्ति शुद्धीकरण निवारणमा जान निर्देशन दिएको हो । गो–एएमएल’ सफ्टवयर कार्यान्वयनमा आएपछि बैंकले चेक जम्मा गर्न जानेसँग पनि सबै विवरण माग गर्न सक्नेछ । बैंकहरू अनिवार्य रूपमा डिजिटलाइजेसनमा जानुपर्ने हुँदा यो सिष्टम डेभलप गरिएको राष्ट्र बैंकले जनाएको छ । अहिले राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको मात्र विवरण माग्नेगर्छ । गो एमएलमा गएपछि १० लाखभन्दा बढी रकम दिनभरिमा फरकफरक शाखा र समयबाट डिपोजिट भए पनि देखिने हुन्छ । अब सबै कारोबारको विवरण बैंकको कोर बैंकिङ सिस्टम हुँदै गो–एएमएलमा ठोकिन्छ ।








