१० बैंककोे नगद लाभांश शेयरधनीको खातामा, बोनस शेयर भने आउन बाँकी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
१० बैंककोे नगद लाभांश शेयरधनीको खातामा, बोनस शेयर भने आउन बाँकी

काठमाडौं ।  विभिन्न १० वटा वाणिज्य बैंकले नगद लाभांश शेयरधनीको बैंक खातामा राखिदिएका छन् । बोनस शेयर भने अझै राख्न बाँकी भएको सम्बन्धित बैंकको भनाइ छ ।

अहिलेसम्म सिटिजन्स, माछापुच्छ्रे, कुमारी, बैंक अफ काठमाण्डू, एनआईसी एसिया, सानिमा, सिद्धार्थ, सन्राइज, ग्लोबल आइएमई, जनता, मेगा र प्रभु गरी १२ वाणिज्य बैंकले वार्षिक साधारणसभा गरिसकेका छन् । तीमध्ये कुमारी र प्रभुले बोनस मात्र दिएका कारणले शेयरधनीको खातामा नगद लाभांश आउने कुरा भएन् । बाँकी १० वाणिज्य बैंकले भने शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेको बताएका छन् । बोनस लाभांश भने पठाउन अझै केही समय लाग्ने उनीहरुको भनाइ छ।

यस वर्ष सबैभन्दा पहिले सिटिजन्स बैंकले शेयरधनीको खातामा नगद लाभांश राखिदिन पुग्यो । उक्त बैंकले दशैं अघि नै वार्षिक साधारणसभा गरेर १२ प्रतिशत नगद शेयरधनीको बैंक खातामा राखिदिएको थियो । ३ प्रतिशत बोनस भने पठाउने तयारी गरेको छ । 

Read More