नियमित कामको गलत व्याख्या हुँदा सेयर लगानीकर्ता आतंकित


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नियमित कामको गलत व्याख्या हुँदा सेयर लगानीकर्ता आतंकित

सम्पत्ति शुद्धीकरणको बिषयलाई केहि संचार माध्यमले गलत व्याख्या गरिदिँदा सेयरका लगानीकर्ता आतंकित भएको पाइएको छ। नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण ऐनमा भएकाे व्यवस्था बमाेजिम कार्यविधि बनाएर नपठाएकाले एक साता भित्र पठाउनलाई ब्रोकरलाई गरेको पत्राचारको गलत व्याख्या गरेर समाचार आउँदा बजार प्रभावित भएको हो। 

बोर्डले आफुले यस अघि जेठ ३० गते पठाएको पत्रअनुसार ब्रोकरहरुले नीति तथा कार्यविधि नबनाएकाले पुन: मङ्सिर १८ गते फलोअप पत्र  पठाएको बिषयलाई 'दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको आर्थिक विवरण मागिएको' भनेर समाचार लेखीएपछि सेयरका लगानीकर्ता आतंकित भएका हुन्।

धितोपत्र बोर्डले मंसिर १८ गते ब्रोकरहरुलाई पत्राचार गरेर सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नीति तथा कार्यबिधिको प्रतिलिपि ७ दिनभित्र अनिवार्य रूपमा बोर्डमा बुझाउन ब्रोकरहरुलाई निर्देशन दिएको हो।  

...

Read More