विजय लघुवित्तको लाभांश परिमार्जन, बोनस बढ्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विजय लघुवित्तको लाभांश परिमार्जन, बोनस बढ्यो

विजय लघुवित्त Vijaya Laghubitta Bittiya Sanstha Limited को लाभांश हेरफेर भएको छ । कम्पनीले यस अघि १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर कम्पनीको सोमबार बसेको संचालक समितिको बैठक लाभांश परिमार्जन गर्ने निर्णय गरेको हो । बैठकले अब १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कुल लाभांश २० प्रतिशत नै रहे पनि  कम्पनीले बोनस बढाएर र नगद घटाई नयाँ लाभांश दर प्रस्ताव गरेको हो ।

 कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १९ करोड ४८ लाख १० हजार रहेको छ।

Read More