काठमाडौं : बुटवल पावर कम्पनीले २८% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १८% नगद तथा १०% बोनस सेयर दिने निर्णय गरेको हो । आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष पनि बुटवल पावरले १८% नगद र १०% बोनस गरी २८% नै लाभांश दिएको थियो ।
आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । यता, लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले पुस २४ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि बुटवल पावरले पुस ९ गतेबाट २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । पुस ८ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।





