कामना सेवाले बोलायो १३औं साधारण सभा, ६.८ प्रतिशत लाभांशको प्रस्ताव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवाले बोलायो १३औं साधारण सभा, ६.८ प्रतिशत लाभांशको प्रस्ताव

मंसिर २३, काठमाडौं । कामना सेवा विकास बैंकको १३औं वार्षिक साधारण सभा पुस १७ गते हुने भएको छ । सभा डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे शुरु हुने भएको हो । बैंकको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले शेयरधनीका लागि गत आवको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ६ दशमलव ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने रहेको छ ।

बैंकको प्रस्तावमा लेखा परीक्षक नियुक्ति गरी  निजको पारिश्रमिक निर्धारण गर्ने, बैंक र अन्य इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा प्राप्ति तथा गाभ्न गाभिनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने रहेका छन् ।   

साधारण सभा प्रयोजनको लागि बैंकको शेयरधनीदर्ता पुस्तिका मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म बन्द रहनेछ । मंसिर २९ गतेसम्मका कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन, मतदान गर्न लाभांशका लागि योग्य हुनेछन् ।

Read More
  • MBL - below news