अरुण भ्यालीको लाभांश घोषणा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अरुण भ्यालीको लाभांश घोषणा

अरुण भ्याली हाइड्रोपावर (AHPC) ले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलार्ई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

हाइड्रोपावरको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र हाइड्रोपावरको बाईसौँ वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्। 

अघिल्लो वर्ष १० प्रतिशत बोनस र कर प्रयोजनको लागि नगद समेत वितरण गरेको हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट भने लाभांश दर घटाएको हो।

हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

हाल ९३ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोपावरको बोनसपश्चात पूँजी ९९ करोड ३० लाख रुपैयाँ पुग्नेछ।

Read More