काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष डा. रेवत बहादुर कार्कीको असोज मसान्तमा ४ वर्षे कार्यकाल सकिएपछि रिक्त पदमा ८ जनाले आवेदन दिएका छन् । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भिष्म ढुंगाना, बोर्डको पूर्वविज्ञ सदस्य नील बहादुर सारु मगर, बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, बोर्डका उप-निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्व महाप्रबन्धक सिताराम थपलिया, कालिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिँजापति, डा.केशब प्रसाद श्रेष्ठ र डा. बलराम पाठक जनाले आवेदन दिएका छन् ।
भीष्म ढुंगानाको चान्स हुने आधार !
उनी राजनीतिक रुपमा राष्ट्रपति निकट व्यक्ति हुन् । उनलाई नै बोर्डको अध्यक्ष बनाउनका लागि पनि बासुदेव अधिकारीले आवेदन नहालेको तर्क जानकारहरुको छ । उनका प्रतिष्पर्धी भनेका नील सारु हुन् । निल सारु नेकपाका महासचिव विष्णु पौडेल निकट व्यक्ति हुन् । ढुंगानालाई टंक पनेरुको ग्रीन सिग्नल भए उनी सेबोनको अध्यक्ष हुने लगभग पक्कापक्की छ । तर त्यसका लागि टंक पनेरुले 'माथि' नै 'हुन्छ' भन्नुपर्ने हुन्छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कात्तिक २० मा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको छ । ती सदस्यहरुमध्ये आइक्यानका अध्यक्षसमेत रहेका कृष्ण आचार्य नील सारुभन्दा भीष्म ढुंगानासँग बढी सकारात्मक भएको चर्चा पनि छ ।





