काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको शेयर प्रतिदिन बढिरहेको छ । प्रतिकित्ता ८ सय रुपैयाँमा किनबेच हुँदै आएको उक्त कम्पनीको शेयर पाँच कार्यदिनमै ८६ रुपैयाँले बढेर प्रतिकित्ता करिब ९ सय रुपैयाँ पुगेको छ ।
गत साता कारोबारको हिसाबले पनि टप थ्रीमा यो इन्स्योरेन्स परेको छ । गत आइतबार नेपाल लाइफको १ करोड ४२ लाख रुपैयाँको शेयर खरिद बिक्री भएर उच्च कारोबार हुने कम्पनीको तेस्रो स्थानमा पर्न गएको थियो।
सोमबार भने १ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भइ दोस्रो स्थानमा उक्लियो । मंगलबार पनि १ करोड ३९ लाख तथा बुधबार २ करोड ८२ लाखसहित तेस्रो स्थानमा रहेको उक्त कम्पनी साताको अन्तिम दिन भने ३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएर पहिलो स्थानमा उक्लियो ।





