नेपाल धितोपत्र बोर्डका अध्यक्ष बन्नको लागि ८ जनाले आवेदन दिएका छन् । आवेदन दिने आज शुक्रबार अन्तिम दिन सम्ममा ८ जनाले आवेदन दिएका हुन् ।
आवेदन दिनेमा धितोपत्र बोर्ड भित्रबाट कार्यकारी निर्देशक निरज गिरि, उप कार्यकारी निर्देशक ड़ा, नवराज अधिकारी, बोर्डका हालका संचालक भिष्म कुमार ढुंगाना रहेका छन् । त्यस्तै बोर्ड बाहिरबाट नेप्सेका महाप्रबन्धक सिताराम थपलिया, बोर्डका पुर्व विज्ञ सदस्य नील बहादुर सारु मगर र ब्रोकर नरेन्द्र सिजापति रहेका छन् । त्यस्तै अन्य २ जनाले पनि अध्यक्ष बन्नको लागि आवेदन दिएका छन् । आवेदन दिएकाहरुले बोर्ड सम्बन्धि कार्य योजना पनि पेश गरेका छन् ।
अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले मङ्सिर ६ गते १५ दिनको म्याद दिएर दरखास्त आह्वान गरेको थियो । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फयुालको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगाना र आईक्यानका अध्यक्ष सिए कृष्ण आचार्य सदस्य छन् । संयोजक फुयाल आयोगका आर्थिक क्षेत्र हेर्ने सदस्य हुन् ।




