आईपिओबाट सबैभन्दा ठूलो रकम जुटाउने कम्पनी बन्यो साउदी अरामको, अलीबाबाको रेकर्ड तोड्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आईपिओबाट सबैभन्दा ठूलो रकम जुटाउने कम्पनी बन्यो साउदी अरामको, अलीबाबाको रेकर्ड तोड्यो

साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामको साधारण शेयर (आईपिओ) बाट धेरै रकम जम्मा गर्ने विश्वको पहिलो कम्पनी बनेको छ । बिहीबारसम्म कम्पनीले आईपिओबाट २५ अर्ब ६० करोड डलर जुटाएको बताइएको छ । 

यसभन्दा पहिले चिनीयाँ कम्पनी अलीबाबाले सबैभन्दा धेरै सार्वजनिक निष्काशन गरेर रेकर्ड कायम गरेको थियो । कम्पनीले सन् २०१४ मा अमेरिकामा सूचीकृत भएको समयमा २५ अर्ब डलर जुटाएको थियो । यो विश्वको सबैभन्दा ठूलो आईपिओका रूपमा रहेको थियो ।

रियाद स्टक एक्सचेञ्जमा साउदी अरामकोको शेयर ३२ रियालको सुरुवाती मूल्यमा बेचिने बताइएको छ । यस अनुसार कम्पनीको मूल्यांकन १७ खर्ब डलर हुन जान्छ ।

साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामको विश्वको सबैभन्दा ठूलो तेल कम्पनी र कच्चा तेलको सबैभन्दा ठूलो निर्यातक पनि हो । विश्वको कच्चा तेलको १० प्रतिशत उत्पादन अरामकोले गर्दै आइरहेको छ ।

मुनाफाको आधारमा अरामको विश्वको सबैभन्दा ठूलो कम्पनी हो । सन् २०१८ मा कम्पनीले १ खर्ब ११ अर्ब डलर नाफा कमाएको थियो । यो एप्पलको भन्दा ४६ प्रतिशतले धेरै हो ।

एप्पल विश्वको सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने सूचीकृत कम्पनी हो । यसैगरी अरामकोको हालको पूँजीकरण एप्पल र माइक्रोसफट्को भन्दा १.५ गुणा धेरै छ । उच्च मुनाफा आर्जन गर्ने कम्पनी रहेकाले पनि यस कम्पनीमा लगानी गर्ने लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्ने सम्भावना रहेको बताइएको छ ।

Read More