'पेपर आएको आधा घण्टामा क्लेम दिइरहेका छौँ, पीडीतको घरसम्म चेक पुर्याउँछौँ' युनियन लाइफका सिइओको अन्तर्वार्ता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
'पेपर आएको आधा घण्टामा क्लेम दिइरहेका छौँ, पीडीतको घरसम्म चेक पुर्याउँछौँ' युनियन लाइफका सिइओको अन्तर्वार्ता

युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण । लामो समय बीमा कम्पनीहरुको कार्यानुभव भएका कर्णले छोटो समयमा नै युनियन लाइफ इन्स्योरेन्सलाई एउटा उचाईंमा पुर्याउन सफल भएका छन् । जीवन बीमा र निर्जीवन बीमा दुवैमा लामो अनुभव रहेका कर्ण बीमा बजारलाई 'भित्रैदेखि बुझेका' सिइओका रुपमा चिनिन्छन् । स्थापनाको छोटो समयमा नै बजारमा अकुपेन्सीका हिसावले निकै राम्रो व्यापार गर्न सफल भएको कम्पनी हाँकीरहेका उनलाई 'फाष्ट ग्रोअर सिइओ'का रुपमा पनि बजारमा चिन्नेहरू धेरै छन् । बजारमा आएका नयाँ कम्पनीहरुमध्ये धेरैलाई पछि पार्न सफल भएको युनियन लाइफ इन्स्योरेन्सका सिइओ उनै कर्णसँग हामीले समग्र नेपाली बीमा बजारका बारेमा कुरा गरेका छौँ । प्रस्तुत छ सोहि कुराकानीको सम्पादित अंश :

१. अहिलेको समग्र बीमा बजारलाई कसरी हेरिरहनुभएको छ ?

पूरै मार्केट खाली छ । कुनै पनि इन्स्योरेन्स कम्पनीहरुलाई बीमा व्यवसाय गर्न गाह्रो छैन । त्यसमा पनि जीवन बीमा कम्पनीहरुलाई बिजनेश पाउन झनै गाह्रो छैन । कसले कसरी मार्केटिङ गर्छ वा कसले कस्तो प्रोडक्ट ल्याउँछ भन्ने कुरा महत्वपूर्ण कुरा हो । त्यसमा पनि  १९ वटा कम्पनी बजारमा आएपछि वीमा चेतना बढेको छ । पहिला पहिलाजस्तो बीमाका बारेमा सुन्यदेखि बुझाउनुपर्ने स्थिति छैन । कतिपयले कार्यालय खोजी खोजी बीमा गर्न आइरहनुभएको छ । अभिकर्ताहरुले पनि राम्रो गरिरहेका छन्, सबै बीमा कमपनीहरुले आ-आफ्नो ठाउँमा राम्रो बिजनेश गरिरहेका छन् । समग्रमा बीमा बजार अहिले निकै राम्रो स्थितिमा छ ।

Read More
  • MBL - below news