धितोपत्र बोर्डको अध्यक्ष बन्न ‘खारिएका ब्रोकर’ को आवेदन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्डको अध्यक्ष बन्न ‘खारिएका ब्रोकर’ को आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदमा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) नरेन्द्रराज सिजापतीले बिहीबार आवेदन दिएका छन् । सिजापती ब्रोकर समुदायबाट आवेदन दिने हालसम्मकै इतिहासमा पहिलो ब्रोकरसमेत बनेका छन् ।

धितोपत्र दोस्रो बजारमा ब्रोकर पेसामा सक्रिय रहँदा सेयर बजारको ग्राउन्ड रियालिटी जानकार भएको दाबी गरेका सिजापती पूँजीबजारको जड समस्या आफूलाई थाहा भएको बताउँछन् । पूँजीबजारसँग सम्बन्धित नीति, व्यवस्था, प्रक्रिया, माग र नतिजामा तालमेल नभएको जिकिर उनको छ ।

लगानीकर्तालाई भरोसायुक्त बजार बनाउन आफ्नो उम्मेदवारी रहेको सुनाउने सिजापती आफ्नो ध्यान पूँजीबजारको विकास र विस्तारमा केन्द्रित हुने बताउँछन् । राष्ट्रले अंगिकार गरेको आर्थिक समृद्धिका लागि राज्य र पूँजीबजारलाई जोडी राष्ट्रिय पूँजी निर्माणको एक दिगो तथा विश्वसनीय बनाउन पुलको काम गर्ने सिजापतीको प्रतिबद्धता छ ।

पुर्ख्यौली घर कर्णाली प्रदेशको दैलेख जिल्लाको नारायण नगरपालिका भएका सिजापती हाल भक्तपुरको लोकन्थलीका स्थायी बासिन्दा हुन् । शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातकोत्तर तह (एमबीए) प्रथम श्रेणाीमा उत्तीर्ण गरेका सिजापती स्टक ब्रोकर नम्बर ४६ अर्थात् कालिका सेक्युरिटिज प्रालिमा नौ वर्षदेखि प्रबन्ध सञ्चालकका रुपमा हालसम्म पनि क्रियाशील छन्। ४२ वर्षीय सिजापतीसँग नेपाल वायुसेवा निगमको प्रशासन फाँटमा वरिष्ठ अधिकृत पदमा रही सात वर्ष कार्यानुभवसमेत छ

Read More