बैंकहरुको लाभांश, कुन–कुनले कति गरे घोषणा, अब कसको बाँकी ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंकहरुको लाभांश, कुन–कुनले कति गरे घोषणा, अब कसको बाँकी ?

काठमाडौं : बैंक तथा वित्तीय संस्थामा यतिबेला लाभांश लहर चलेको छ । लाभांश घोषणासँगै साधारणसभा बोलाउने क्रम पनि जारी छ । केहीले त लाभांश खातामा समेत पठाइसकेका छन् । हालसम्म नेप्सेमा सूचिकृत २७ वणिज्य बैंकहरु मध्ये २४ ले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लाभांश घोषणा गरिसकेका छन् । गत वर्ष पुँजी वृद्धि अनुपातमा व्यापार विस्तार हुन नसकेका कारण अधिकांश बैंकहरुको लाभांश अनुपात कम थियो । त्यसमा पनि उनीहरुले नगदमा मात्र जोड दिएका थिए ।

तर अब विस्तारै बैंकहरुले पुँजी वृद्धिसँगै व्यापारको आयातन फराकिलो बनाउन थालेको देखिन्छ । जसका कारण अघिल्लो वर्षको तुलनामा लाभांश अनुपात केही बढेको छ । नगद लाभांशमा मात्र जोड दिएका कम्पनीहरुले पनि यसपालि बोनस अनुपातलाई थप वृद्धि गरेका छन् । सूचीकृत कम्पनीहरुको साधारणसभा समयमै हुन सकेमा लगानीकर्ताले प्रतिफल पाउन लामो समय कुर्नु पर्दैन ।

यसबाट लगानीकर्तालाई पनि सजिलो हुन्छ । साधारणसभा छिटो गर्ने कम्पनीहरुमै आम लगानीकर्ताको पनि आकर्षण रहने गर्छ । यसले संस्थागत सुशासनको झलक पनि दिन्छ । यसपटक धेरैजसो कम्पनीले बोनस सेयरलाई प्राथमिकतामा पारेका छन् । लाभांश अनुपात पनि गत वर्षभन्दा बढेको छ ।
 
१२ बैंकको लाभांश पारित
 
गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गर्ने १२ वाणिज्य बैंकको लाभांश बैंकको वार्षिक साधारण सभाबाट पारित भएको छ । यी मध्ये केही बैंकले लगानीकर्ताको खातामा लाभांश पनि पठाइ सकेका छन् । पारित लाभांशलाई हेर्दा बोनस र नगद मिश्रित देखिन्छ ।


 

Read More