इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ सेवा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ सेवा

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले समय सापेक्ष ग्राहक सदस्यहरूलाई नवीनतम प्रवृद्धिको प्रयोगमार्फत मिसकल बैंकिङ सेवा उपलब्ध गराउन संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामा र इन्फोडेभलर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीबीच सम्झौता इन्फोडेभलपर्स प्रालि जावलाखेल ललितपुरमा सम्पन्न भयो । उक्त मिसकल बैंकिङ सेवा नेपालको लघुवित्त क्षेत्रमा पहिलो भएको र ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका विपन्नवर्गका लागि नवप्रवर्तनकारी रहेको जानकारी गराए । मिसकल बैंकिङ सेवामार्फत .ग्राहक सदस्यहरूले आफ्नो घरमा नै बसी मोबाइल रिचार्ज, बचत तथा कर्जाका बारेमा जानकारी लिन सकिने जानकारी गराएका थिए । त्यसैगरी ग्राहक सदस्यहरूले आफ्नो बचत र कर्जाको मिसकल गरेर जानकारी पाउने हुँदा लघुवित्त कारोबारलाई थप पारदर्शी, विश्वसनीय, व्यवस्थित बनाउन कासेढुंगा सावित हुने बताए ।

Read More
  • MBL - below news