लगानीकर्ताका लागि यो वर्ष पनि शुभ संकेत देखिएन, चर्को ब्याजदर ‘गलगाँड’ बन्दै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लगानीकर्ताका लागि यो वर्ष पनि शुभ संकेत देखिएन, चर्को ब्याजदर ‘गलगाँड’ बन्दै

काठमाडौं  । यो वर्ष शुरु भएको पनि साढे ७ महिना बितिसकेको छ  । तर, शेयर बजार भने नयाँ वर्षको शुरुमा भन्दा घटेको छ, बढ्ने सुरसार देखिएको छैन । यो वर्ष पनि लगानीकर्ताका लागि गत वर्षजस्तै निराश बनाउने सम्भावना देखिएको छ । वर्ष २०७६ को शुरुमा ११८८.७१ बिन्दुमा रहेको नेप्से मंगलबार १११५.७४ बिन्दुमा आइपुगेको छ । साढे सात महिनाको अवधिमा नेप्से करिब ७० अंकले घटेको छ । पछिल्लो समय शेयर बजारमा चलहपहल कम हुँदै गएको छ ।

शेयर धितोमा राखेर लिइने चर्को ब्याजदर आकाशिएका कारण शेयर बजार मापक नेप्से परिसूचक ११ अंकको दूरी पार गर्न कठिन भएको छ ।  लगानीयोग्य रकम अभाव भन्दै ८–९ प्रतिशत ब्याजमा पाइने शेयर धितो कर्जा १४–१५ प्रतिशत पुगेपछि लगानीकर्ता क्रसित बन्न पुगेका छन् । चर्को ब्याजदरमा लिइएको शेयर धितो कर्जा अझै घट्ने संकेत देखिएको छैन । तरलतको अभाव हट्दै गएपछि कर्जाको ब्याजदर घट्ने र कम ब्याजदरमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउने आशा गरेका थिए । तर, त्यो आशा निराशामा परिणत हुन पुगेको छ । यसले गर्दा पनि शेयर बजार सोचे जति बढ्न नसकेको शेयर विश्लेषको भनाइ छ ।
पछिल्लो समय निरन्तर ओरालो लाग्दै गएको छ । नयाँ वर्ष शुरुवातदेखि नै शेयर बजार मापक नेप्से उकालो लाग्न सकेको छैन ।  ब्याजदर नघट्नु नै शेयर बजार उकालो लाग्न नसक्नुको एउटा प्रमुख कारण हो । बेलाबेलामा अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्ति पनि शेयर बजार बढ्न नसक्नुको अर्को कारण हो ।  बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमास मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । गत आर्थिक वर्षको लाभांश पनि धमाधम वितरण गरिरहेका छन् । तर, पनि बजार बढने छाँटकाँट नदेखिएको बिज्ञहरुको भनाइ छ । ब्याजदरको दरिलो टेको नेप्सेमा लगाउन नसक्दा शेयर बजार बढ्न नसकेको उनीहरुको विश्लेषण छ । 
बजारप्रति सकारात्मक धारणा बनाउँदै आएका लगानीकर्ताले पछिल्लो समय नकारात्मक धारणा बनाउन पुगेका छन् ।  बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभावको समस्या सामाधान हुने अपेक्षा गरेका थिए । तर, त्यो समस्या झन पहाड बनेर उभिएको छ । चालू आर्थिक वर्षको शुरु देखिनै पुँजीगत खर्च बढ्ने र त्यो रकम बैंकिङ प्रणालीमा आउने अनि तरलताको अभाव हट्ने अनुमान गरिएको थियो । तरलताको अभाव अन्त्य भएमा शेयर धितो कर्जाको ब्याजदर घट्ने अपेक्षा गरिएको थियो । 

Read More