ब्रोकरबाट प्रवाह हुने मार्जिन ऋणको सीमा बढ्दै !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ब्रोकरबाट प्रवाह हुने मार्जिन ऋणको सीमा बढ्दै !

काठमाण्डौ । ब्रोकरबाट प्रवाह हुने मार्जिन ऋणको सीमा खुकुलो बनाइने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले भित्र्याएको मार्जिन ऋणको सुविधामा व्यवहारिक कठिनाई भएकाले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि,२०७५ संसोधन भई सीमा केही खुकुलो हुने भएको हो । 

नेप्सेले कार्यविधि संसोधनका लागि कामु सहायक प्रबन्धक सुरेश जोशीको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन गरेको थियो । जसमा सदस्य सचिवका रुपमा आइटी अधिकृत बालकृष्ण कोजू छन् । नेप्सेकै वरिष्ठ आइटी अधिकृत प्रभाकर घिमिरे रहेको कमिटीमा ब्रोकरद्वय प्रियराज रेग्मी र सन्तोष मैनाली सदस्यको रुपमा रहेका छन्।

हालसम्म सो कमिटीको एउटा बैठक समेत बसिसकेको छ । जुन बैठकमा ब्रोकरहरुले मार्जिनको सीमा ७० प्रतिशत पुर्याउनुपर्ने विषय उठान गरेका छन् । हालको कार्यविधि यस्तो सीमा ५० प्रतिशत मात्र छ । 

यदि प्रस्ताव भए अनुसार कार्यविधि संसोधन भयो भने मार्जिनका लागि योग्य कम्पनीहरुको सेयर किन्न लगानीकर्ताले कुल लगानीको ३० प्रतिशत मात्रै पैसा निकाले पुग्छ । 

मार्जिन कारोबारका लागि नेप्सेले छनौट गरेका योग्य ३३ कम्पनीहरुमध्ये मार्जिन ऋणबापत पाएको रकमको कुनै एक स्क्रिप्टमा १० प्रतिशत मात्र लगानी गर्नसक्ने प्रावधानलाई पनि संसोधनका लागि अघि बढाइएको छ ।

जोशी नेतृत्वको कमिटीको बैठक यसै साता बसी संसोधनका लागि आएका प्रस्तावहरुमाथि निर्णय गरी नेप्से व्यवस्थापन समक्ष पेश गरिने कमिटीका एक सदस्यले बताए ।

कमिटीले मार्जिन ऋणको सीमा ७० प्रतिशत बनाउने गरी सुझाव नेप्से व्यवस्थापनसम्म पेश गर्ने तयारी गरे पनि नेपाल राष्ट्र बैंकले भने मौद्रिक नीतिमार्फत सेयर मार्जिनको सीमा ६५ प्रतिशत मात्र तोकेको छ ।

Read More