नियामक निकायले कार्यान्वयनमा ध्यान नदिँदा अक्सन मार्केट सञ्चालन तीन वर्षदेखि अलपत्र


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नियामक निकायले कार्यान्वयनमा ध्यान नदिँदा अक्सन मार्केट सञ्चालन तीन वर्षदेखि अलपत्र

धितोपत्र बजारको आवश्यक पूर्वाधारको रुपमा रहेको अक्सन मार्केट सञ्चालनको लागि नेप्सेले पटक-पटक अक्सन कारोबार कार्यविधि बनाएपनि तीन वर्षसम्म अक्सन मार्केट सञ्चालनमा आउन सकेको छैन। उता धितोपत्र बोर्डले तीन वर्षयता वार्षिक कार्यक्रममा अक्सन मार्केट सञ्चालनमा ल्याउने विषय समेट्दै आएकोमा चालु आवको नीति तथा कार्यक्रमबाट उक्त विषय नै हटेको छ।

अक्सन मार्केट सञ्चालनका लागि यसअघि २०७३ सालमा नै नेप्सेले ‘अक्सन कारोबार कार्यविधि २०७३’ को मस्यौदा बनाएको थियो भने सो पश्चात धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७४ को मस्यौदा निमार्ण गरेको थियो। तर पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डर नेप्सेबीच समन्वय हुँन नसक्दा दुबै प्रकृया पूर्णता नपाउँदै तुहिए।

अचम्म त के छ भने तीन वर्षदेखि वर्षिक कार्यक्रममा समावेश गरि लागू गर्ने बताउँदै आएको पूँजीबजारको सर्वोच्च निकाय धितोपत्र बोर्डको चालु आर्थिक वर्षको कार्यक्रममा उक्त विषय नै अटाएन।

धितोपत्र बोर्डले अक्सन मार्केट सञ्चालन गर्ने विषयलाई चालु आर्थिक वर्षको वार्षिक कार्ययोजना, नीति तथा कार्यक्रममा समावेश गरेको छैन भने पछिल्लो पटक जारी गरिएको सुधारका कार्यक्रममा पनि उक्त विषयलाई कुनै स्थान दिइएको छैन। यसले पूँजी बजारको सर्वोच्च नियामक निकायले  नै अहिले पनि अक्सन मार्केट सञ्चालनलाई आफ्नो प्राथमिकतामा नदिएको स्पष्ट हुन्छ।

ब्रोकर एसोसियनका अध्यक्ष भरत रानाभाट आफ्नो संघले साउन १ गतेदेखि धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ लागू भैसकेको सन्दर्भमा कार्यविधिलाई पूर्णता दिई नेप्सेले अबिलम्ब अक्सन मार्केट सञ्चालनमा ल्याउनुपर्नेमा घच्घचाइरहेको बताउँछन्। दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताका लागि यो बजारको  आवश्यकता धेरै नै रहेको उनको भनाई छ।

हाल धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ मा पनि अक्सन मार्केट सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ। तर सम्बन्धित जिम्मेवार निकायहरुको प्राथमिकतामा अक्सन मार्केट पर्न सकेकाे छैन भने शीघ्र कार्यान्वयनमा ल्याउने गरि कार्य भएको पनि देखिँदैन।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने अक्सन मार्केट सञ्चालन सम्बन्धी काम समानान्तर रुपमा अगाडि बढिरहेको बताउँछन्। उनले भने, अक्सन मार्केट सञ्चालन गर्ने सम्बन्धि कार्यविधि बनिसकेको छ। पराजुलीले उक्त कार्यविधिमाथिको छलफल नेप्से सञ्चालक समितिमा भैरहेको बताए।

नेप्से सञ्चालक समितिको छलफलबाट पारित भएपछि उक्त कार्यविधि धितोपत्र बोर्डमा अन्तिम स्वीकृतका लागि पठाइने उनको भनाई छ। उक्त कार्यविधि बोर्डबाट स्वीकृत भएपछि मात्र अक्सन मार्केट सञ्चालन गर्ने सम्बन्धमा आवश्यक पूर्वाधारहरु निमार्ण हुने प्रवक्ता पराजुलीले बताए।

प्रवक्ता पराजुलीको भनाई अनुसार नै अक्सन मार्केट सञ्चालन गर्ने सम्बन्धि कार्यविधि धितोपत्र बोर्डबाट पारित भएर आएपनि पूर्वाधारहरु निमार्ण तथा अक्सन मार्केट सञ्चालनका लागि सिस्टम तयार गर्नुपर्ने भएकाले  थप समय लाग्ने बुझिन्छ। यसले अक्सन मार्केटबाट कारोबार सुरु हुन भने अझै समय लाग्ने स्पष्टै देखिन्छ। किनकी हालै मात्र धितोपत्र बोर्डमा बल्लन नेतृत्व चयनको लागि दरखास्त आह्वान गरिएको अवस्था छ।

एकातिर नेप्से सञ्चालक समितिमा कार्यविधिमाथि छलफल सकिन नै समय लाग्ने र यसअघि जस्तै  सो धितोपत्र बोर्डबाट कार्यविधिको अन्तिम स्वीकृति पाउन थप समय लाग्नेछ।

यसअघिका मस्यौदाले पूर्णता नपाउँदै त्यसै तुहिएको अवस्थाले पनि इतिहास फेरि तेहेरिन्छ कि भन्ने आशंका पनि देखिन्छ।

यसअघि पनि नेप्सेले अक्सन मार्केट सञ्चालनका लागि तीन वर्ष अगाडि नै ‘अक्सन कारोबार कार्यविधि २०७३’ को मस्यौदा तथा धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७४ को मस्यौदा निमार्ण गरि स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको थियो। तर नियामक निकायले नै कार्यन्वयनलाई प्राथमिकतामा नराख्दा मस्यौदा स्वीकृत नभई नेप्सेले अक्सन मार्केट सञ्चालनमा ल्याउने सकेको थिएन।

अहिले पनि अक्सन मार्केटको सम्बन्धि कार्यविधिमाथि छलफल गर्ने क्रममा नै नेप्से रहेको र सञ्चालक समितिको छलफलबाट पारित भएपछि धितोपत्र बोर्डमा अन्तिम स्वीकृतका उक्त कार्यविधि पठाएर स्वीकृति पश्चात कार्यान्वयनमा ल्याउने नेप्सेले बताएको छ। तर तीन वर्ष अगाडि पनि धेरै चर्चापरिचर्चा भएपनि बजार सञ्चालनमा आउन नसककाले भन्दै अब भने छिटोभन्दा छिटो अक्सन मार्केटलाई सञ्चालनमा ल्याउनुपर्ने आम लगानीकर्ताको माग छ।

Read More