फरवार्ड कम्यूनिटीको ४५ प्रतिशत लाभांश प्रस्ताव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
फरवार्ड कम्यूनिटीको ४५ प्रतिशत लाभांश प्रस्ताव

मंसिर १६, काठमाडौं । फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले असार मसान्तसम्मको कायम चुक्तापूँजीको ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको मंसिर १५ गते बसेको ८५औं बैठकले ३२ दशमलव ५० प्रतिशत बोनस शेयर र १२ दशमलव ५० प्रतिशत गरी कुल ४५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् । हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७६ लाख ७२ हजार रहेको छ बोनस वितरण पश्चात सो पूँजी रू. ५० करोड ४ लाख १५ हजार ४०० पुग्नेछ ।

Read More
  • MBL - below news