बम्पर लाभांश घोषणा गर्ने दुई लघुवित्तको सेयरमूल्य समायोजन, कुन–कुन, कति-कति ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बम्पर लाभांश घोषणा गर्ने दुई लघुवित्तको सेयरमूल्य समायोजन, कुन–कुन, कति-कति ?

काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई बम्पर लाभांश घोषणा गरेका दुई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सोमबार समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जले गत वर्षका लागि ७५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको नेसनल माइक्रोफाइनान्स र २७.११ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो । नेप्सले सेयरमूल्य समायोजन गर्दै नेसनल माइक्रोफाइनान्सको प्रतिकित्ता १०२८.५७ रुपैयाँ र छिमेक लघुवित्तको प्रतिकित्ता ७७३.२९ रुपैयाँ कायम गरेको छ । समायोजित मूल्यअनुसार नै दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ ।

नेसनल माइक्रोफाइनान्सले यही मंसिर २९ गते छैटौँ वार्षिक साधारणसभा गर्दैछ । 

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको ८० प्रतिशत बम्पर लाभांश पारित हुनेछ । जसमा चुक्तापुँजी १५ करोड ८ लाख ८३ हजार रुपैयाँको ७५ प्रतिशतले हुन आउने ११ करोड ३१ लाख ६२ हजार २५० रुपैयाँबराबरको बोनस सेयर (१०:७.५ को अनुपातमा) र ५ प्रतिशतले हुन आउने ७५ लाख ४४ हजार १५० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

Read More