पैसा कमाउन सकिएन ? यो लिंक क्लिक गर्नुस्


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
पैसा कमाउन सकिएन ? यो लिंक क्लिक गर्नुस्

संसारमा ७ खर्बभन्दा धेरै मानिस छन् । यी सबैको मुख्य चिन्ता ‘पैसा कसरी कमाउन सकिन्छ’ भन्ने हो । निकै जटिल विषय ‘पैसा कमाउने तरिका’ धेरैले जानेका हुँदैनन् । सोहि कारण कतिपय मानिस अवैध तरिकाले पैसा कमाउन चाहन्छन् । तर, यसरी कमाएको पैसाले सुख होइन तनाव मात्रै दिने गर्छ । यदि इमान्दार भएर राम्रो पैसा कमाउन खोज्नुभएको छ भने केही नयाँ सोच र तरिका जान्न आवश्य छ ।

रामजी ज्ञवालीले विभिन्न अनलाइन, अन्तराष्ट्रिय एजेन्सीहरुको सहयोगमा धेरैका तनावलाई कम गर्न खोजेका छन् ।

- सबैभन्दा पहिले आनो क्षमता बढाउनु जरुरी हुन्छ । क्षमताको प्रयोग गरेर रोजगारी या कारोवार गर्नु उत्तम हुन जान्छ । त्यसबाट बचत तथा लगानीका लागी थप अवसर समेत खोज्न सकिन्छ ।

-  वित्तीय क्षेत्रका जानकाहरु भन्छन्, पैसा कमाउनका लागि सपना मात्रै देखेर पनि  हुँदैन । त्यसका लागि सही र सहज प्रयास समेत गर्नु जरुरी हुन्छ ।

-  सपना देख्नेहरु सफल हुन्छन् । मान प्रतिष्ठा र पैसा समेत कमाउन सक्छ । सपना नदेख्नेले समाजमा कुनै पनि प्रकारको प्रगति गर्न सक्दैन । यदि तपाई केही ठूलो काम गर्ने सपना देख्नुहुन्छ, तव तपाइलाई त्यसले केही न केही थप मार्ग प्रशस्त गरिदिन्छ । वारने बफेट, अमेजनका मालिक हुन् वा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश आम्बानी । उनीहरुले सपना देखेकै कारण अर्वपती भएका हुन् ।

-  जानकारहरुका अनुसार मानिसले आफ्नो क्षमता, योग्यता के हो त्यो पहिचान गर्न जरुरी छ । त्यसले सफल हुन मद्दत पुग्छ । मार्गनिर्देशन गर्दछ । मनदेखि नै गरेको काम तथा क्षमताको पहिचानले मात्रै आफुले खोजेको सफलता हासिल गर्न सकिन्छ ।

-  पैसा कमाउने विषय सजिलो र सहज थियो भने, सडकभरी अर्वपतीहरुको मात्रै भिडभाड हुन्थ्यो होला । त्यसैले यसका लागी कडा मेहनत र डेडिकेशनको जरुरी पर्दछ ।

-  रोडबाट उठेर करोडपती भएकाहरुले जीवनमा कसरी संघर्ष गरे ? उनीहरुका बारेमा वजारमा प्रशस्त पुस्तकहरु पाइन्छ । उनीहरुले गरेको संघर्षका कथा पढ्ने गर्नुस् । यसले के सिकाउन सक्छ भने, तपाइहरुभन्दा पनि तल्लो स्तरबाट उठेर पनि मानिस करोडपती कसरी भए ?

-  विद्यालय तथा कलेजमा पढ्ने भन्दा ट्यूशन तथा कोचिङ पढ्ने संस्कार ह्वात्तै बढेको छ । रोजगारी पाउनु सकिएको छैन भने घरमै बसेर पनि यो काम सुरु गर्न सकिन्छ । त्यसले आम्दानी मात्रै होइन आफैले पढेको कुराको पुनः जानकारी हुन्छ ।

-  पछिल्लो समय अधिकांश व्यक्ति सामाजिक सञ्जालमा रमाइरहेका छन् । विहान उठेदेखि राती आँखा बन्द नहुनेबेलासम्म सामाजिक सन्जालमा भुल्नेहरु धेरै छन् । तर, त्यसैलाई आम्दानीको बलियो स्रोत बनाउन सकियो भने त गज्जब हुन्छ नि । सामान्य रुपमा केही तालिम तथा अनुभव हासिल गरेपछि तपाईले सामाजिक सञ्जाल मार्फत नै राम्रो कमाई गर्न सक्नुहुन्छ । यसका लागी आइटी इन्जिनियरहरु प्रशस्तै छन्, उनीहरुबाट सिक्ने प्रयास गरौं ।

-  अब अरुका भिडियो हेरेर हांस्दै नबसौं । आफै युट्युबमा भिडियो राख्ने र पैसा कमाउने गरौं । धेरैलाई के थाहा छैन भने, युट्युबमा आउने विभिन्न प्रकारका भाइरल भिडियो पैसा कमाउका लागी गराइएको हो । सकेसम्म इमान्दार भएर राम्रा भिडियो गराएर युट्युबमा भिडियो अपलोड गरेर मज्जाले पैसा कमाउन सकिन्छ । भारतमा युट्युबबाट मासिक करोड सम्म कमाउने व्यक्ति धेरै छन् भने संसारमा मानिस करोड कमाउने व्यक्तिको संख्या उल्लेख्य मात्रामा भेट्न सकिन्छ । नेपालमै पनि धेरै मासिक रुपमा १ देखि १० लाख सम्म कमाएका व्यक्तिको संख्या बाक्लो छ ।

-  सहज रुपमा पैसा कमाउन सकिने अर्को तरिका हो, ट्राभल एजेन्ट । भाषाको राम्रो ज्ञान छ भने पर्यटकिय स्थानको बारेमा जानकारी लिन थाल्नुस् । र, काम सुरु गर्नुहोस् । पर्यटक घुमाएर करोडौं कमाउनेहरु संसारमा धेरै छन् ।

-  घरमा आरामपूर्वक बसेर ब्लगिङबाट पनि राम्रै रकम हात पार्न सकिन्छ । यसका लागि तपाईंको सिर्जनशील लेखनको आवश्यकता पर्छ । विज्ञापनको चिन्ता लिनु पर्दैन, पाठकहरु पढ्दै गएको खण्डमा गुगलले आफै विज्ञापन राखिदिन्छ ।

-  आजभोलि अनलाइन सपिङको जमाना बढेको छ । भलै यो पेशाले क्षणभरमै फाइदा दिदैन । तर, केही समयको संघर्षपछि यसबाट पनि राम्रै पैसा कमाउन सकिन्छ ।

-  आजभोलि सबैसँग स्मार्टफोन छ । यदि तपाईले कुनै राम्रो एप बनाउन सक्नुभयो भने निकै आकर्षक पैसा कमाउन सकिन्छ ।

-  यदि तपाईंको दिमागमा कथा बुन्ने क्षमता छ भने किताब लेख्नुस् । केवल एक वेष्ट सेलर पुस्तकले नै तपाईंलाई करोडपति बनाउन सक्छ ।

-  एकदमै क्रियटिभ हुनुहुन्छ ? केही नयाँ इभेन्ट गर्न सक्नुहुन्छ भने इभेन्टले नै तपाईंलाई करोडपति बनाइदिन सक्छ । इभेन्ट म्यानेजमेन्ट गरेर धेरैले आफ्नो सपना पुरा गरेका छन् ।

-  विभिन्न किसिमका व्यापार, व्यवसाय गर्न सकिन्छ । जे गर्नुहोस्, अलिकति फरक किसिमले गर्नुहोस् । समान बेच्ने काम हो भने, तपाइको पसलमा आउन उनीहरुलाई अल्छी लाग्न सक्छ । सोहि कारण समाजिक सन्जालको प्रयोग गरेर घरमै समान पुराइदिएपनि राम्रो पैसा आउँछ ।

-  एकदमै खुसी हुने प्रयास गर्नुस् । अनि मात्रै दिमाग चलाउनुस् । संसारमा तपाइहरुभन्दा तल्लो स्तरका मानिसहरु पनि जिवनयापन गरेकै छन् । आफुभन्दा माथिल्लो व्यक्तिलाई पछ्याउनुहोस् र आफुभन्दा तल्लो स्तरको व्यक्तिलाई हेरेर चित्त बुझाउनुहोस् । अनावश्यक खर्च नगर्नुहोस् । इज्ययतको ख्याल गरेर काम थाल्नुहोस् । पैसा कमाउन नसकेर अर्कै बाटो लाग्नुभयो भने त्यसले आफैलाई फसाउन सक्छ ।


Source: Kantipur Saptahik 

Read More
  • EBL