‘पूँजीबजारका लागि ब्याजदर मुद्दा होइन’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘पूँजीबजारका लागि ब्याजदर मुद्दा होइन’

मंसिर १५, खस्यौली(रुपन्देही) । लामो समय शेयरबजारमा लगानी गरेका लगानीकर्ताले पूँजीबजारका लागि ब्याजदर मुद्दा नभएको बताएका छन् ।

आइतवार बुटवलमा सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीले आयोजना गरेको छलफलमा उनीहरुले बैंकलाई ब्रोकर लाइसेन्स अविलम्ब प्रदान गर्न आग्रह गरेका छन् ।     

लगानीकर्ताले भनेका छन्, ‘बैंकलाई ब्रोकर लाइसेन्स नदिने हो भने ब्रोकर कार्यालय विस्तार तीव्र हुनुपर्छ ।’ शेयर लगानीकर्ता दबाब समूहका हरि ढकालले शेयरबजार बचतका लागि एउटा साधन भएको उल्लेख गर्दै ब्रोकर लाइसेन्सको मुद्दालाई बैंकले पनि वास्ता नगरेको बताए । 

उनले पुसको १५ गतेसम्म शेयरबजार १ हजार अंकभन्दा तल गए लगानी बढाउन लगानीकर्तालाई आग्रह गर्दै बजार नघटे १०० अंक बढ्ने जिकिर गरे  । ‘हामीले त्यतिबेला लगानी गर्दा कम्तीमा दुई वर्षमा प्रतिफल पाउन सकिन्छ’, उनले भने । 

Read More