सेटिङमा सेयरको डिल क्यान्सिल हुँदै, क्लोजआउटको समस्याले लाखौं कर गुम्दै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेटिङमा सेयरको डिल क्यान्सिल हुँदै, क्लोजआउटको समस्याले लाखौं कर गुम्दै

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले अक्सन मार्केटको प्रारम्भ नगर्दा लगानीकर्ता, धितोपत्र दलाल व्यवसायी(ब्रोकर)लाई मर्का पर्नुका साथै सरकारको कर समेत चुहावट भइरहेको छ ।

नेप्सेले गत साउन १ गतेदेखि लागू हुने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली–२०७५ लागू गरेको छ । 

यो विनियमावलीको परिच्छेद ६ मा अक्सन कारोबार सञ्चालन सम्बन्धी व्यवस्था उल्लेख छ । यो व्यवस्था अनुसार नेप्सेले कारोबार सदस्य(ब्रोकर)को उपस्थितिमा बोलकबोल माध्यम वा कारोबार प्रणालीमार्फत अक्सन कारोबार सञ्चालन गर्न सक्ने भनिएको छ । साथै नेप्सेले कार्यालय खुलेको दिन आइतबारदेखि बिहीबारसम्म ३ः३० देखि ४ बजेसम्म र शुक्रबार ११ बजेदेखि १२ बजेसम्म अक्सन कारोबार सञ्चालन गर्न सक्ने उल्लेख छ ।

विनियमावलीमा अक्सन मार्केट सञ्चालनको स्पष्ट मार्गचित्र भएतापनि करिब ४ महिना बित्न लाग्दासमेत सुरसार गरेको छैन । जसबाट नेप्सेले धितोपत्र कारोबारको राफसाफ ग्यारेण्टी र सीडीएससीले आवश्यक सिस्टम बनाउनुपर्ने हुन्छ । 

उसो त लगानीकर्ताहरुको डिम्याट खाता पनि नेप्सेको अनलाइन प्रणालीमा एकीकृत नगरिँदा क्लोजआउट बढिरहेकै छ भने नियतवश टाठाबाठा लगानीकर्ताले डिल क्यान्सिल गर्ने गरेका छन् । स्रोतका अनुृसार डिल क्यान्सिल गर्नमा नेप्से र सीडीएससीसँग राम्रो सम्बन्ध भएका ब्रोकरहरुले लबिङ गरिरहेको देखिन्छ ।

Read More