सिभिल बैंक लिमिटेड (CBL) ले मर्जर तथा एक्विजिसनको कार्य अघि बढाउन र गत आर्थिक वर्षको मुनाफबाट घोषणा गरेको लाभांश पारित गर्न पुस ६ गते, आइतबार नवौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।
बैंकको साधारण सभा अमृतभोग, कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे सुरु हुनेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा नगद लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर २३ गतेदेखि सभा सम्पन्न नभएसम्मका लागि शेयरधनी दर्ता किताब बन्द गर्नेछ। मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा नगद लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेड रहेको छ।








