काठमाण्डौ । बोनस सेयरका लागि हिमालयन डिस्टिलरी लिमिटेडको र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आइतबार समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ५० प्रतिशत बोनस सेयरका लागि हिमालयन डिस्टिलरी र २६.७५ प्रतिशतका लागि स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सेयरमूल्य समायोजन गर्दै हिमालयन डिस्टिलरीको प्रतिकित्ता १ हजार १६६.६७ रुपैयाँ र स्वरोजगार लघुवित्तको प्रतिकित्ता ४८१.२५ रुपैयाँ कायम गरेको छ । समायोजित मूल्यअनुसार नै आइतबार दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ । हिमालयन डिस्टिलरीको कात्तिक २४ गते बसेको संचालक समितिले आर्थिक वर्ष २०७५/७६ का लागि कम्पनीका सेयरधनीहरुलाई ५२.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) तथा चुक्तापूँजीको ५० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको यिथो।
कर प्रयोजनका लागि छुट्याइएको नगद लाभांशलाई घटाएर हेर्दा कम्पनीले आफ्ना लगानीकर्तालाई सतप्रतिशत लाभांश वितरणको निर्णय गरेको देखिएको छ । यो निर्णयबाट लगानीकर्ता मालामाल हुनेछन् ।








