काठमाडौं । हिमालयन डिष्टिलरी र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आइतबार बुक क्लोज गर्ने भएका छन् । दुबै कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि बुक क्लोज गर्न लागेका हुन् ।
हिमालय डिष्टिलरीले पुस १ गते साधारण सभा गरी प्रस्तावित ५० प्रतिशत बोनस शेयर र ५० प्रतिशत नगद लाभांश प्रस्ताव गर्दैछ । त्यस्तै स्वरोजगार लघुवित्तले २६ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।








