दुई बैंकको शेयरमूल्य समायोजन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दुई बैंकको शेयरमूल्य समायोजन

नेपाल एसबिआई बैंकसहित दुई बैंकको मंसिर १३ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। 

दुबै बैंकले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो। 

नेप्सेले एसविआई बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३६१ रुपैयाँ ३२ पैसा कायम गरेको छ।

बैंकले गत आर्थिक वर्षको कमाइबाट ६ प्रतिशत बोनस शेयर तथा १०.८४ प्रतिशत नगद लाभांश गरि कूल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न बैंकले मंसिर २९ गते २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १३ गतेदेखि बुकक्लोज गरेको हो। हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख रहेको छ। बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ९५ करोड ६२ लाख पुग्नेछ।

...

Read More
  • MBL - below news