अर्को लघुवित्तको आइपीओ आउँदै, शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अर्को लघुवित्तको आइपीओ आउँदै, शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले ६ लाख ३० हजार कित्ता साधारण शेयर(आइपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले १ सय रुपैयाँ अंकित दरले हुने कुल रकम ६ करोड ३० लाख रुपैयाँको शेयर निष्कासन गर्ने भएको हो । 

उक्त शेयर  विक्री गर्ने ग्लोबल आइएमई क्यापिटललाई विक्रि प्रबन्धक बिहिवारका नियुक्त गरेको छ ।  ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल तथा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले उक्त सम्झौतामा पत्रमा हस्ताक्षर गरेका थिए । 

Read More