माछापुच्छ्रे बैंकबाट पनि १० लाख रुपैयाँ चोरिएको पुष्टि


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकबाट पनि १० लाख रुपैयाँ चोरिएको पुष्टि

११ मंसिर, काठमाडौं । नक्कली हस्ताक्षर र कागजातको प्रयोगबाट काठमाडौंका बैंकमा भएको चोरीमा थप १० लाख रुपैयाँ अभियुक्त समूहको हातमा पुगेको देखिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुले प्रकरणमा संलग्न भएको आरोपमा बुधबार ६ जनालाई सार्वजनिक गर्दै १९ लाख ९ हजार रुपैयाँ चोरी भएको सार्वजनिक गरेको थियो । तर, अनुसन्धान अधिकृतलाई साँझ माछापुच्छ्रे बैंकबाट पनि १० लाख रुपैयाँ निकालिएको सूचना प्राप्त भएको हो ।

कसको खाताबाट रकम झिकिएको छ भन्ने विषयलाई केन्द्रमा राखेर अनुसन्धान भइरहे पनि प्रारम्भमा एउटै समूहले रकम निकालेको भेटिएको अनुसन्धान अधिकृत बताउँछन् ।

प्रहरीले आइतबार रातिदेखि चलाएको अपरेशनका क्रममा काभ्रेका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङका सुमन पौडेल र सिन्धुपाल्चोकका गोविन्द घिमिरे पक्राउ परेका थिए ।

उनीहरुको साथबाट बरामद चेक बुकबाट भएको कारोबारबारे जानकारी माग्दै प्रहरीले बैंकलाई पत्राचार गरेको थियो । अन्य बैंकले भने पत्रको जवाफ फर्काइसकेका छैनन् ।

...

Read More
  • MBL - below news