सिभिल बैंकले आफ्नो नवौंैं वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सवको अवसर पारेर बैंकले तीन शाखा निजगढ शाखा,चन्द्रनिगाहपुर शाखा र दमौली शाखा सञ्चालनमा ल्याएको छ । यस्तै, वार्षिकोत्सवको मौका पारेर बैंकले आफ्नो सिभिल ट्रेड सेन्टरस्थित मुख्य शाखामा मंगलबार तथा वार्षिकोत्सवको दिन देखि एक महिनाभित्र आयोजना हुने गरी देशभरका ४१ शाखामा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।
बैंकका ३६ शाखामार्फत सरकारी विद्यालयहरूमा कक्षा ६ देखि १० सम्म अध्यनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका छात्राहरूको छनोट गरी छात्रवृत्ति प्रदान गर्ने भएको भन्दै बैंकले व्यास नगरपालिकालाई बैंकको दमौली शाखाको उद्घाटन समारोहमा ५० थान डस्टबिन प्रदान गरिएको, लेखनाथस्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टबिन प्रदान गरिएको लगायत चन्द्रनिगाहपुर शाखाको उद्घाटन समारोहमा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणका लागि २५ हजार रुपैयाँको चेक प्रदान गरिएको र विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू गरेको पनि जनाएको छ ।








