महुलीको लाभांशबारे स्पष्टिकरण, बोनस वितरण गर्ने अधिकांश रकम शेयर प्रिमियमबाट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महुलीको लाभांशबारे स्पष्टिकरण, बोनस वितरण गर्ने अधिकांश रकम शेयर प्रिमियमबाट

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को असोज २९ गते सम्पन्न सञ्चालक समितिले वितरण गर्ने निर्णय गरेको ३१.५७९ प्रतिशत लाभांशबारे स्पष्टिकरण दिएको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ११.५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। लघुवित्तले २० प्रतिशत बोनस शेयरको अधिकांश हिस्सा शेयर प्रिमियमबाट वितरण गर्ने बताएको छ। अपुग रकम गत आवको मुनाफाबाट वितरण गरिने कम्पनीले जनाएको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड २० लाख रहेको छ। २० प्रतिशतका दरले लघुवित्तले वितरण गर्ने बोनस शेयरको रकम २ करोड ४ लाख हुन्छ। सोमध्ये लघुवित्तले १ करोड ९ लाख २० हजार ४३१ रुपैयाँ शेयर प्रिमियमबाट र बाँकी अपुग ९४ लाख ७९ हजार ५६९ रुपैयाँ गत आर्थिक वर्षको खुद मुनाफाबाट वितरण गर्ने जनाएको छ।

लघुवित्तले घोषणा गरेको कर सहितको ११.५७९ प्रतिशत नगद लाभांश भने गत आवको खुद मुनाफाबाट वितरण गर्ने जनाएको छ।

गत आर्थिक वर्षमा कम्पनीले कूल ४ करोड २९ लाख मुनाफा आर्जन गरेकोमा लाभांश वितरणमा प्रयोग भई बाँकी रहेको २५ प्रतिशत बराबरको रकम सदस्य संरक्षण कोषमा छुट्याउने सहितको प्रस्तावित लाभांश र कोष वासलातमा समायोजन गरी नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागि पेश गरिने लघुवित्तले जानकारी दिएको छ।

Read More
  • MBL - below news