सेयर बजारको विकासका लागि ८ काम गर्दै धितोपत्र बोर्ड


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेयर बजारको विकासका लागि ८ काम गर्दै धितोपत्र बोर्ड

पाल धितोपत्र बोर्डले धितोपत्र बजारको सुधार,  विकास तथा विस्तारका लागि आधा दर्जन बढी काम गरिरहेका जनाएको छ । बोर्डले 

नेपाल सरकारको बजेट कार्यक्रम, आवधिक योजना, नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति, मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवम् लगानीका लागि स्रोत व्यवस्थापन सम्बन्धी सुझाव समितिको प्रतिवेदन, धितोपत्र बजारको अवस्था तथा सरोकारवालाहरूको सुझाव समेतका आधारमा यी कार्य गरिरहेको जनाएको हो ।

यी कार्यले धितोपत्र बजार पारदर्शी, स्वस्थ एवं प्रभावकारी भई बजारको दिगो विकासमा सघाउ पुग्ने बोर्डको अपेक्षा रहेको छ ।

यी हुन् बोर्डले गर्न लागेका कामहरु : 

  • धितोपत्रको दोस्रो बजारमा माग पक्षलाई सम्बोधन गर्ने उद्धेश्यले धितोपत्र बजारमा स्टक डिलरको प्रवेश गराउन बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ को संशोधन पारित गरी स्वीकृतिका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा पेश गरेको छ ।
  •  हाल बैंकको प्रवद्र्धनमा मात्र सामूहिक लगानी कोष सञ्चालनमा रहेकोमा यस क्षेत्रमा बीमा कम्पनी तथा विशेष ऐनद्वारा स्थापित कम्पनीहरूलाई समेत प्रवेश गराउने प्रकृया अगाडी बढाइएको छ ।
  •  धितोपत्रको माग बढाउने उद्देश्यले धितोपत्र खरीदमा मार्जिन कारोबारको व्यवस्था गरिएको छ । लगानीकर्ताहरुलाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउन हाल १६ वटा धितोपत्र दलाल व्यवसायीहरूलाई अनुमति प्रदान गरिएकोमा केही धितोपत्र व्यवसायीहरुले लगानीकर्ताहरुलाई मार्जिन कारोवार सुविधा उपलब्ध गराइसकेका छन् ।
  •  धितोपत्रको दोश्रो बजारको पहुँच अभिवृद्धिका लागि देशका प्रमुख आर्थिक केन्द्रहरूमा धितोपत्र दलाली सेवा विस्तार गर्दै लगिएको छ र आगामी दिनमा यसलाई थप क्षेत्रमा विस्तार गरिनेछ ।
Read More