बुटवल क्षेत्रका लगानीकर्तालाई पुँजी बजारमा अनलाइनको प्रयोग गर्ने विषयमा जानकारी दिइएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बुटवलमा लगानीकर्तासँग अन्तरक्रिया गर्दै अनलाइनको प्रयोगले पुँजी बजारमा देखिने विभिन्न समस्याको समाधान हुने दाबी गरेको छ ।
नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले पुँजी बजार माग र आपूर्तिको सम्बन्धको आधार भएको उल्लेख गर्दै यसलाई कस्तो बनाउने भन्ने विषय लगानीकर्ताको हातमा हुन्छ भने । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपालमा पुँजी बजारको दायरा सानो भएकाले यसको भविष्य रहेको रहेको बताए । उनले सेयर बजार केही महिनामा नै प्रतिफल दिने नगदे बाली नभएको दाबी गर्दै अहिले नयाँ लगानीकर्ताका लागि क्षमताअनुसार लगानी गर्ने सुवर्ण अवसर हो भने ।





