४४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
४४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ४४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । सोमबार ३ वटा बिमा कम्पनीको गरी कुल ४४ लाख ६ हजार ९ सय ५ दशमलव ७२७२ कित्ता शेयर सुचिकृत भएको हो ।

प्राइम लाइफ इन्स्योरेन्सको २२ लाख ३१ हजार ४३ दशमलव ७५ कित्ता, नेपाल इन्स्योरेन्सको ७ लाख ६४ हजार ३ सय २७ दशमलव ८९७२ कित्ता र नेको इन्स्योरेन्सको १४ लाख ११ हजार ५ सय ३४ दशमलव ०८ कित्ता शेयर सुचिकृत भएको हो ।

आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले ति शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Read More