मार्जिन कारोबार: कमजोरी लुकाउन उपसमिति गठन, लगानीकर्ता जिल्याउँदै नेप्से र ब्रोकर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मार्जिन कारोबार: कमजोरी लुकाउन उपसमिति गठन, लगानीकर्ता जिल्याउँदै नेप्से र ब्रोकर

मार्जिन कारोबार सेवा कार्यान्वयन गर्दा देखा परेका समस्या समाधानका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गठन गरेको उपसमिति निष्कृय देखिएको छ। मार्जिन कारोबार कार्यन्वयनमा चुनौती आएको र त्यसको समाधानको लागि गठन भएको उपसमिति अहिले पनि छलफलमै अल्झिएको पाइएको छ। 

नेप्सेको सुपरिवेक्षण शाखा प्रमुख सुरेश जोशीको संयोजकत्वमा असोज १४ गते समिति गठन भएपनि झन्डै दुई महिनापछि गत बिहिबार मात्रै  पहिलो बैठक बसेको पाइएको छ। त्यस बैठकमा सेयर ब्रोकरले मार्जिन कारोबारको कार्यन्वयनमा देखा परेका समस्याबारे जानकारी गराउदै कार्यविधिमा नै संसोधनको माग गरेको संयोजक जोशीको भनाई छ। जोशीकाअनुसार उपसमितिले हालको कार्यविधि संसोधन आवश्यक भए नभएको बारे छलफल गरिरहेको छ।  

उपसमितिले मार्जिन कारोबारको कार्यान्यवनमा देखा परेका समस्या पहिचान गरि समधानका उपाय सहित प्रतिबेदन नेप्से व्यवस्थापनलाई पेश गर्नुपर्ने जिम्मेवारी पाएको छ। यद्दपी प्रतिबेदन बुझाउनुपर्ने समयसिमा नतोकिएकाले उपसमिति औपचारिकतामा मात्रै सिमित हुने देखिएको छ। उप-समितिमा सेयर ब्रोकरको तर्फबाट दुई सदस्य ५० नम्बर ब्रोकरका प्रिय राज रेग्मी र ३६ नम्बर ब्रोकरका सन्तोष मैनाली छन। 

असार २७ यता २१ वटा सेयर ब्रोकरले मार्जिन कारोबारको अनुमति लिएका छन। भदौ अन्तिम सातादेखि मार्जिन कारोबारको काम गर्न मिलेपनि दशैंको १ हप्ताअघि मात्र ५० नम्बर ब्रोकरबाट मार्जिन कारोबारको सुरुवात भएको हो। त्यसयता एकाध ब्रोकरले मात्र मार्जिन कारोबारको सुविधा दिएका छन। 

Read More