साउदले भने, सेयर बजार नगदे बाली जस्तो नभएकाले दीर्घकालीन लगानी गर्नुहोस्


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साउदले भने, सेयर बजार नगदे बाली जस्तो नभएकाले दीर्घकालीन लगानी गर्नुहोस्

बुटवल : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पुँजी बजारबाट तत्काल भन्दा दीर्घकालमा लाभ लिने हिसाबले लगानी गर्नुपर्ने बताएका छन् । पुँजी बजार अझै धेरै विस्तार हुन बाँकी छ । अहिलेसम्म यसको दायरा निकै सानो रहेकाले विस्तारको अधिक सम्भावना छ । यसर्थ, आम लगानीकर्ताले आफ्नो क्षमता अनुसार लगानी गर्दै जानुपर्छ ।

यसबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ, बुटवलमा आयोजित कार्यक्रममा साउदले भने । सेयर बजार तत्काल लाभ दिने नगदे बाली जस्तो नभएकाले दीर्घकालीन सोचका साथ लगानी गर्न उनले सुझाव दिएका हुन् । नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले पुँजी बजार माग र आपूर्तिको सम्बन्धका आधारमा चल्ने बताउँदै यसलाई कस्तो बनाउने भन्ने विषय लगानीकर्ताको हातमा हुने बताए । 

Read More