आर्थिक वर्ष सकिएसँगै नेप्सेमा सुचिकृत हरेक कम्पनीले आफ्नो कम्पनी नविकरण गर्नुपर्छ। नविकरण नगरे नेप्सेले शेयर कारोबार बन्द गर्छ।
नेप्सेले कम्पनी नविकरणका लागि तीन महिनाको समय दिएको थियो। उक्त समयमा जम्मा ४० कम्पनीले मात्रै शुल्क बुझाएर कम्पनीको नविकरण गराए भने बाँकी कम्पनीको शेयर कारोबार बन्द भयो।
नविकरण नहुँदा सम्बन्धित कम्पनीका शेयरधनिहरुले शेयर कारोबार गर्न पाएका छैनन्।
यसले शेयर लगानीकर्ताहरुलाई असुविधा परेको छ।
यसरी नविकरण शुल्क नबुझाउने कम्पनीहरुमा एउटा माइक्रोफाइनान्स, दुई वटा ट्रेडिङ कम्पनी, १० उत्पादन कम्पनी, ६/६ विकास बैंक र माइक्रोफाइनान्स, २ जलविद्युत र एउटा अन्य समूहका कम्पनीहरु छन्।




