सुदूरपश्चिममा २० गतेदेखि वित्तीय सम्मेलन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सुदूरपश्चिममा २० गतेदेखि वित्तीय सम्मेलन

८ मंसिर, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आगामी २० गते वित्तीय सम्मेलन आयोजना हुने भएको छ ।

वित्तीय पहुँचवृद्धिका लागि सचेतनामार्फत् प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यले पहिलो पटक वित्तीय सम्मेलन आयोजना गर्न लागिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए ।

सम्मेलन प्रदेश सरकार आफैंले आयोजना गर्न लागेको हो । अहिले सम्मेलनको तयारीलाई तीव्र बनाइएको मन्त्री रावलले बताए । ‘पहिलो पटक आयोजना गर्न लागिएको सम्मेलन सफल बनाउनु पर्नेछ, अहिले हामीले तयारी तीव्र बनाएका छौं’ अनलाइनखबरसँग उनले भने, ‘केही दिनयता म काठमाडौंमै छु, धेरै काम सकियो, अब भोलि धनगढी जानेछु ।’

Read More
  • MBL - below news