काठमाडौं । माछापुच्छ्रे बैंकले अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री शुरु गरेको छ । हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ्रे बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरि ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको हो ।
विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम एक हजार पाँच सय अमेरिकी डलर वरावरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहेपनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभाव रहेको छ । अधिकांश नेपालीले सहजरुपमा अष्ट्रेलियन डलर प्राप्त गर्न सकिरहेका छैनन् । सोहि समस्यालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोेके बमोजिम पार्सपोर्ट, भिसा रकन्र्फम एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाडौं उपत्यका भित्र रहेका निम्न शाखाहरु मार्फत अष्ट्रेलियन डलर साट्न पाउने सुविधा ल्याएको हो ।








