हुँदै नभएको सेयर बिक्री गरिदिन्छन् ब्रोकर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हुँदै नभएको सेयर बिक्री गरिदिन्छन् ब्रोकर

सेयर ब्रोकर र लगानीकर्ताको मिलेमतोमा हुँदै नभएको सेयरको कारोबार, बैंकमा धितो राखेको सेयर फुकुवा नहुँदै किनबेच गरिन्छ

ब्रोकर तथा लगानीकर्ताले मिलेमतोमा हुँदै नभएको सेयरसमेत सेयर बजारमा बिक्री गर्ने गरेको खुलासा भएको छ । केही साताअघि मात्रै प्रकाश थापाले एभरेष्ट बैंकको १६ हजार कित्ता सेयर बिक्री गरे । तर, उनले आफूसँग हुँदै नभएको सेयर बिक्री गरेको पाइएपछि सो कारोबार नै रद्द गरियो । सो कारोबारमा सेयर ब्रोकर कोहिनुर सेक्युरिटिजको समेत संलग्नता रहेको पाइयो । सेयर बजारमा यस्ता नक्कली कारोबार वेला–वेलामा हुँदै आएको आशंका नियामकहरूले गरेका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का एक उच्च अधिकारीका अनुसार नक्कली कारोबारबारे खुलासा भएपछि विक्रेताको मानसिक अवस्था ठीक नरहेकोे कागजात थापाका बुबाले नेप्सेमा पेस गरेका थिए । सोही आधारमा नेप्सेले कारोबार रद्द गरेको उनको भनाइ छ । सेयर बिक्री आदेश दिने र खरिद आदेश दिने लगानीकर्ताबीच सहमति भएपछि कारोबार रद्द गर्न नेप्सेमा दुवैतर्फका ब्रोकरहरूले अनुरोध गरेका थिए । तर, नेप्सेका प्रवक्ता मुराहरि पराजुली भने विक्रेताको मानसिक अवस्था खराब भएको कागजात पेस भएका कारण कारोबार रद्द गर्नुपरेको दाबी गर्छन् ।

नभएको सेयर किनबेच भए के हुन्छ ?
कारोबारमा यस्ता खालका त्रुटि आउन सक्ने भएरै विश्वव्यापी रूपमा यसको समाधानमा विभिन्न उपाय अपनाउने गरिन्छ । नेपालमा पनि यसको समाधान नभएको होइन । सामान्यतया यस्तो समस्या आएमा कारोबार नै ‘क्लोज आउट’ गरिन्छ । अर्थात्, बिक्री गरेको सेयर दिन नसक्ने लगानीकर्ताले कारोबार भएको मूल्यको २० प्रतिशत रकम हर्जानास्वरूप खरिदकर्तालाई दिनुपर्छ । तर, कतिपय अवस्थामा लगानीकर्ता जानाजान क्लोज आउटमा जानेसमेत गर्दै आएका छन् । सेयर किनबेचको राफसाफ गराउने निकाय सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले वैशाख ०७४ मा सार्वजनिक सूचना निकालेरै जानाजान क्लोज आउटमा जाने लगानीकर्ताविरुद्ध कारबाही नै गर्ने चेतावनी दिएको थियो । अहिले भने त्यो समस्या नभएको, तर धितोमा रहेको सेयरको कारण कारोबारको राफसाफमा समस्या आउने गरेको सिडिएससीको भनाइ छ । 

‘बढ्दो बजारमा यस्तो समस्या देखिएको थियो, तर अहिले लगानीकर्ताले जानाजान यस्तो गर्ने गरेको हामीले खासै पाएका छैनौँ,’ सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले भने, ‘अहिले राजधानीबाहिरबाट हुने कारोबारमा र बैंकमा धितोमा राखिएको सेयर समयमै फुकुवा नगराउँदा समस्या हुने गरेको छ ।’ घट्दो बजारमा लगानीकर्ताले जानाजान यस्तो गल्ती नगर्ने उनको भनाइ छ । 

धितोमा रहेको सेयर बैंकलाई बिक्रीको रकम प्राप्त गर्नेबित्तिकै भुक्तानी गरिदिने सर्तमा किनबेच गर्न सकिने छुट दिइएको छ । तर, कतिपय लगानीकर्ताले कारोबारपछि सेयर फुकुवा गराउन नजाँदा क्लोज आउटमा पर्ने गरेका छन् । क्लोज आउटका कारण २० प्रतिशत थप रकम पाउने लगानीकर्ताले भने नाफा रकमको २५ प्रतिशत कर सरकारलाई तिर्नुपर्छ । 

Read More