प्रभु बैंकको संस्थापक शेयरको हिस्सा घट्यो, ब्रोकेज सेवा र एक्वीजिशनमा जोड


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु बैंकको संस्थापक शेयरको हिस्सा घट्यो, ब्रोकेज सेवा र एक्वीजिशनमा जोड

संस्थापक शेयरको हिस्सा घटाउँदै व्यवसाय विस्तारका लागि सहायक कम्पनी स्थापना गरि ब्रोकेज सेवा थप गर्ने तथा अन्य संस्था प्राप्ती (एक्वीजिशन) गर्ने कार्यलाई अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्दै प्रभु बैंक (PRVU) को अठारौं वाार्षिक साधारण सभा सकिएको छ।

बैंकको प्रधान कार्यालय बबरमहलमा मंसिर ६ गते शुक्रबार सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको १६ प्रतिशतले बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश समेत अनुमोदन गरेको छ। 

सञ्चालक समितिले प्रस्ताव गरेको १ अर्ब ४२ करोड २८ लाख रूपैयाँ बराबरको बोनस शेयर अनुमोदनसँगै बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ पुगेको छ।  बैंकले अघिल्लो वर्ष ८ प्रतिशत बोनस शेयर वितरण गरेकोमा गत आवमा दोब्बर वितरण गरेको हो।

अठारौँ वाार्षिक साधारण सभाले शेयर स्वामित्वको संरचना  परिवर्तन पश्चात बैंकमा ५५ प्रतिशत रहेको संस्थापक शेयरको हिस्सा घटेर ५१ प्रतिशत कायम भएको छ भने ४५ प्रतिशत रहेको साधारण शेयरको स्वामित्व ४९ प्रतिशतमा बढेको छ।

...

Read More