बेलायतमा दुई दशकभित्र बैंक र एटिएम लाेप हुने : अध्ययन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बेलायतमा दुई दशकभित्र बैंक र एटिएम लाेप हुने : अध्ययन

लन्डन — बेलायती सहरहरुमा सन् २०४१ सम्म बैंकका शाखाहरु हराउने तथा आउँदो दुई दशकभित्र नगद झिक्ने मेसिन (एटिएम) पनि लोप हुने एउटा अध्ययनले आकलन गरेको छ ।

कार्ड भुक्तानीको तुलना गर्ने वेबसाइट एक्स्पर्ट मार्केटले बेलायती संसद हाउस अफ कमन्स्को लाइब्रेरी, कन्जुमर वाचडग हुइच र लिंकको तथ्यांकको विश्लेषणका आधारमा बढ्दो प्रविधिको विकास तथा नगद कारोबारमा भारी गिरावटले बैंक शाखा तथा एटिएम मेसिन बन्द हुने बताएको छ।


नगदरहित कारोबारले गर्दा पहिला देखि हुँदै आएको बैंकका शाखाको काम बन्द हुने छ। यस अध्ययनअनुसारयो वर्ष ९ हजार २ सय ७९ बैंक शाखा रहेकामा सन् २०३० मा ४ हजार ३ सय ४४ को रहने र सन् २०४१ मा पुरै हट्ने जनाइएको छ। त्यस्तै एटिएम मेसिन वार्षिक ३ हजार ६ सयको दरले कम भइ सन् २०३७ मा कुनै पनि बाँकी नरहने अध्ययनमा छ।

बढ्दो प्रविधिको विकासले गर्दा बैंक खाता खोल्ने, भुक्तानी गर्ने, ओभरड्राफ्टको अनुरोध गर्ने, मोर्गेज दरखास्त समेत आफ्नो समय अनुकुल स्मार्ट फोन वा कम्प्युटरमार्फत गर्न सकिने भएकोले बेलायतको बैंकिङ क्षेत्रमा उल्लेख्य परिवर्तन आइरहेको अर्थ ब्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्य बताउँछन्।

पश्चिमी समाजमा नगद कारोबारमा भारी गिरावटआइरहेकाले एटिएम मेसिनको ह्रास निश्चित रहेको तथा अनलाइन र डिजिटल प्रविधिको विकास एवं खर्चकटौतीको हिसाबले पनि परम्परागत जस्तो बैंक शाखा चालु रहन नसक्ने आचार्यको विश्लेषण छ।

संसारमा नै शक्तिशाली रहेको बेलायतको वित्तीय क्षेत्र आधुनिक प्रविधिको विकासमा क्रियाशील भइ प्रतिस्पर्धासँग सजक रहदैं आएको छ।
बढ्दो प्रविधिको विकासले गर्दा बेलायतभित्र बैंकले आफ्ना शाखा बन्द गर्ने क्रम तीब्र पारेका छन्। बेलायतमा गत दुई वर्षमा एक हजार ४६ वटा बैंकका शाखा बन्द भएका छन्।
नयाँ प्रविधिले बैंक शाखाले जत्तिकै सेवा ग्राहकलाई प्रदान गर्ने तथा खर्च निकै कम हुने विश्वास गरिएको छ। बेलायतमा बैंकको प्रविधिको विकास सन् १९६० बाट सुरु हुन थालेको हो।
२७ जुन १९६७ मा उत्तरी लन्डनको इनफिल्डस्थित बार्कलेज बैंकमा राखिएको नगद झिक्ने मेसिन एटिएम (अटोमेटिक टेलर मेसिन) संसारको पहिलो हो।

सन् २०१६ मा बेलायतका एटिएम मेसिनबाट १७५ अर्ब पाउन्ड नगद निकालिएको थियो। एटिएम मेसिनले सुरुवातको ५ दशक इतिहासमा धेरै फड्को मार्न सफल भएको छ।
बेलायतमा मात्रै करिब ७० हजार यस्ता नगद झिक्ने मेसिन छन् भने संसारभर करिब ३० लाख छन्।

सन् २०२० सम्ममा यो संख्या ४० लाख पुग्ने अनुमान छ। विकाससिल देशमा भने बैंकिङ पहुंचका लागि एटिएम मेसिन प्रयोग बढिरहेको छ।एक तथ्यांक अनुसार प्रत्येक तीन मिनेटमा संसारमा नयाँ एटिएम मेसिन स्थापना हुन्छ। पिन नम्बरको सट्टा जापान रब्राजिलमा औंठाछाप प्रयोग गरिन्छ।

सुुरुमा १० पाउण्ड मात्र झिक्न मिल्ने यस्तो नगद मेसिनले अहिले बेलायतमा औसतमा दिनमा २५ लाख पाउन्ड नगद झिकिन्छ। दुबई तथा अबुधाबीमा भने सुनको बार तथा सुनको सिक्का पनि एटिएम मेसिनले दिने गर्दछ।

संसारको सबैभन्दा उचाइमा रहेको एटिएम मेसिन पाकिस्तानको खुन्जेराब पासलाई मानिन्छ, जुन १९ हजार ३९७ फिटमा अवस्थित छ। बेलायतमा पहिलो कम्प्युटरले चल्ने एटिएम मेसिन सन् १९७२ मा लोयड्स बैंकले सुरुवात गरेको थियो।

Read More
  • MBL - below news