सबैको लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्दैछ आज कारोबार ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सबैको लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्दैछ आज कारोबार ?

काठमाण्डौ । नेप्सेले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ ।

संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १३ प्रतिशत बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले संस्थाको सेयरमूल्य समायोजन गर्दै संस्थाको प्रतिसेयर ४८३.१९ रुपैयाँ कायम गरेको छ । समायोजित मूल्यअनुसार नै बिहीबार यो संस्थाको सेयर कारोबारमा आउनेछ । दोस्रो बजारमा बुधबारको कारोबारमा संस्थाले अन्तिम सेयरमूल्य प्रतिकित्ता ५४६ रुपैयाँ कायम भएको थियो ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १३.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । जुमा १३ प्रतिशत बोनस सेयर र बाँकी ०.६८ प्रतिशत बोनस कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

Read More