एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले मंगलबार जारी गरेको प्रेस बिज्ञप्तीले बैंकिंङ क्षेत्रमा तरंग ल्याएको छ। बैंकले दिउँसो साढे ४ बजे जारि गरेको प्रेस बिज्ञप्ती केहि संचार माध्यमले सार्वजनिक गरेपछि बैंकिङ क्षेत्रमा तरंग आएको हो।
“सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजनामा ९.७५ प्रतिशत ब्याजदर दिने स्किमको प्रेस विज्ञप्ती निकालेपछि यो बिषय सर्वत्र चाँसोको बिषय बन्यो। धेरैमा बैंकले बैंकर्स संघमा भएको भद्र सहमति बिपरित एनआईसी एशियाले महँगो ब्याजदर अफर गर्यो भन्ने बुझाई हुन गएको बैंकका नायव प्रमुख सूचना अधिकारी अर्जुन खनियाले बिजपाटीलाई बताए।
'हामीले बिगतदेखि नै संचालनमा रहेको “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता” को नाम परिर्वतन मात्र गरेर “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजनामा ९.७५ प्रतिशत ब्याजदर दिने स्किमबारे जानकारी दियौं' खनियाले बताए, 'तर यो संदेशले बजारमा एनआईसी एशियाले बचत खातामा ९.७५ प्रतिशत ब्याजदर अफर गर्यो भन्ने पर्यो, हामीबाट प्राविधिक गल्ति भएको होइन, बुझाई गलत भयो'।
आम जनमासहरुलाई सजिलो संग बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई “सुपर चमत्कारिक मासिक निक्षेप खाता” भनि नामाङ्कन गरीएको र त्यहि अनुसार संचारमाध्यमहरुमा प्रेस बिज्ञप्ती पठाईएको उनले बताए।
...







