गुडविल फाइनान्सले पनि ऋणपत्र निष्काशन गर्ने, रेटिङ्ग सम्पन्न


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
गुडविल फाइनान्सले पनि ऋणपत्र निष्काशन गर्ने, रेटिङ्ग सम्पन्न

गुडविल फाइनान्स (GFCL) ले २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। फाइनान्सले उक्त परिमाणको ऋणपत्र निष्काशनको लागि रेटिङ्ग गराएको छ।

फाइनान्सले निष्काशन गर्न लागेको गक्त ऋणपत्रमा केयर रेटिङ्ग नेपालले मध्यम सुरक्षा जनाउने 'केयर एनपी बीबी' रेटिङ्ग प्रदान गरेको छ ।

ऋणपत्र निष्काशनको लागि फाइनान्सले धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन। बोर्डबाट अनुमति पाएपछि मात्र ऋणपत्र निष्काशनको काम अघि बढ्नेछ।

चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३२ करोड ९० लाख रुपैयाँ सञ्चित छ। उसको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ०९ पैसा छ । 

हालसम्म “क” वर्गका वाणिज्य बैंकहरु ऋणपत्र निष्काशन गर्दै आइरहेकोमा गुडविल फाइनान्सले पनि ऋणपत्र निष्काशन गर्न लागेको हो। यसअघि आइसिएफसि फाइनान्सले पनि २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ।

Read More
  • MBL - below news