नेपालमा सम्पत्ति शुद्धीकरण निवारण गर्नको लागि बनाइएको कानुन हो, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ । सम्पत्ति शुद्धीकरण पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरको अपराधको रुपमा फैलिएको छ । नेपालको हकमा सोही ऐन बमोजिम सम्पत्ति शुद्धीकरण सम्बन्धी काम, कारबाही हुने गर्दछ ।
ऐनको दफा ११ मा भएको व्यवस्था बमोजिम नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्नका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग क्रियाशील छ । अन्तर्राष्ट्रिय स्तरमा सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान तथा समन्वय गर्नका लागि वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स) क्रियाशील छ । यसको मुख्यालय फ्रान्सको पेरिसमा छ । त्यसैगरी सम्पत्ति शुद्धीकरण निवारण सम्वन्धी विभिन्न महादेशमा क्षेत्रीय संस्थाहरु रहेका छ्न । तीमध्ये अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एशिया प्रशान्त क्षेत्र समूह (एपीजी) एशिया प्रशान्त क्षेत्रमा कार्यरत छ । एशिया प्रशान्त क्षेत्र समूहमा हाल ४१ राष्ट्र सदस्य छन् ।
ऐनअनुसार यी कामलाई सम्पत्ति शुद्धीकरण मानिन्छः
१. प्रचलित कानून अन्तर्गतको देहायको कुनै कसूरः–
(क) सङ्गठित आपराधिक समूह र गैरकानूनी वा धुर्त्याईँपूर्वकको असूली (र्याकेटरिङ्ग) मा सहभागी हुने सम्बन्धी,
(ख) विध्वंसात्मक कार्य लगायत आतङ्कवाद सम्बन्धी,
(ग) जुनसुकै प्रकारको मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी,
(घ) बाल यौन शोषण लगायत जुनसुकै प्रकारको यौन शोषण सम्बन्धी,
(ङ) लागू औषध तथा मनोद्विपक पदार्थको गैरकानूनी ओसारपसार सम्बन्धी,




