नेपाल एसबिआई बैंकको साधारणसभा आह्वान, ११ प्रस्ताव पेश हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल एसबिआई बैंकको साधारणसभा आह्वान, ११ प्रस्ताव पेश हुने

पाल एसबिआई बैंक Nepal SBI Bank Limited ले साधारणसभा आह्वान गरेको छ।  बैंकले मङ्सिर २९ गते आइतबार साधारणसभा आह्वान गरेको हो ।    

सभामा लाभांश सहितका विभिन्न ११ प्रस्ताव पेश हुने छन् ।   बैंकको असोज १२ मा बसेको ४४१ औं संचालक समितिको गत आर्थिक बर्षको कमाई र बिगत बर्षहरुमा आर्जित मुनाफाबाट १६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । जस मध्ये  ६ प्रतिशत बोनस सेयर तथा कर प्रयोजन सहित १०.८४ प्रतिशत नगद छ। बैंकको  २६ औं बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीमा लाभांश वितरण हुनेछ।  

बैंकले सभा प्रयोजनको लागि मङ्सिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

Read More
  • MBL - below news