सांग्रिला डेभलपमेन्ट बैंकको खराब कर्जा घट्दा मुनाफामा पनि उच्च बढोत्तरी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंकको खराब कर्जा घट्दा मुनाफामा पनि उच्च बढोत्तरी

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६४ प्रतिशतले बढाएको छ। गत वर्षको पहिलो त्रैमासमा ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा २ करोड १४ लाखले वृद्धि गरि ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

बैंकको खराब कर्जा पनि २.४० प्रतिशतबाट घटेर ०.९४ प्रतिशतमा झरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ९ करोड बढी खराब कर्जाको प्रोभिजन गरेकोमा खराब कर्जा अनुपातमा कमी आउँदा तीन करोड कम गरेको छ। यसले पनि मुनाफा बढाएको हो। 

बैंकको खुद ब्याज आम्दानी, शुल्क कमिसन आय र अन्य सञ्चालन आम्दानी वृद्धि भई सञ्चालन नाफामा आएको सुधारले उसको खुद नाफा बढेको हो।  यस अवधिमा बैंकको शेयरधनीलाई लाभांश वितरण गर्न योग्य मुनाफा भने ४ करोड ४१ लाख रहेको छ।

गत वर्षको पहिलो त्रैमासमा २४ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष २७ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत वर्ष पहिलो त्रैमासको तुलनामा ११.०३ प्रतिशतले धेरै हो। बैंकको सञ्चालन नाफा पनि ६ करोड ३५ लाख रुपैयाँबाट बढेर ७ करोड ८८ लाख ६० हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकले २० अर्ब १४ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ४० करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

Read More
  • MBL - below news