मोबाइल एपबाटै गर्न सकिन्छ कर सम्बन्धी ११ काम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मोबाइल एपबाटै गर्न सकिन्छ कर सम्बन्धी ११ काम

आन्तरिक राजस्व विभागले आफ्नो मोबाइल एपमा विभिन्न फिचर थप गरेको छ । कर दिवसको अवसरमा २०७६ मंसिर १ गतेदेखि लागु हुने गरी अपग्रेड गरिएको एपबाट करसम्बन्धी महत्वपूर्ण कामहरु गर्न सकिन्छ ।

विभागको आइआरडी नेपाल (IRD Nepal) नामक मोबाइल एप एप्पल स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध छ । पछिल्लोपटक अपग्रेड गरिएको एपको सहायताले यी कामहरु गर्न सकिन्छः

-प्यान डिटेल सर्च गर्ने

-सूचना, प्रकाशन, सम्पर्क नम्बर र करसम्बन्धी विविध जानकारी लिने

-ई-पेमेन्ट गेटवे प्रयोग गरी कर भुक्तानी गर्ने

-करसम्बन्धी विवरण हेर्ने

-तोकिएको अवधिको आयकर विवरण हेर्ने

-अन्तःशुल्कको विवरण हेर्ने

-कर दाखिलाको विवरण हेर्ने

-आ.व. र भौचर नम्बरको आधारमा कर दाखिला भौचर खोज्ने

- वक्यौताको विवरण हेर्ने

- टीडीएको विवरण हेर्ने

-करदाताको दर्ता र कर संकलनको अवस्था हेर्ने

Read More
  • MBL - below news