मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) को कार्तिक २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ ।
नुवाकोटको बट्टारमा सम्पन्न ७ औ वार्षिक साधारण सभाले वित्तीय संस्थामा ज्ञानुकृष्ण अधिकारी सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक चयन गरेको छ। सभाले अधिकारीलाई निर्विरोध निर्वाचित गरेको हो।
दश प्रवद्र्धक बैङ्कका प्रतिनिधि सहभागी रहेको सो सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७५/७६ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ।
लघुवित्तका अध्यक्ष सञ्जिब मानन्धरले संस्था सञ्चालनको छैटौं वर्षमा संस्थाले ७ अर्ब ४१ करोड ऋण लगानी गरी १५ करोड ६८ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए । हाल चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ रहेको संस्थाले बोनस शेयर वितरण पश्चात ८५ करोड ५१ लाख कायम भएको बताए।




